उद्देश्य

पशुपालन व्यवसायमा संलग्न कृषकहरुको आय आर्जनमा वृद्धि ल्याई गरिवी न्यूनिकरण तथा जीवनस्तरमा सुधार ल्याउन यस व्यवसायको विविधिकरण, व्यवसायिकरण तथा आयमुलक पेशाको रुपमा विकास गर्नु यसको प्रमुख उद्देश्य रहेको छ भने अन्य निम्न प्रकारका उद्देश्य रहेका छन्ः
•    उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने ।
•    उन्नत प्रविधि तथा प्राविधिक सेवा कृषक समक्ष पु¥याउने ।
•    पशुहरुको नश्ल सुधार गर्ने ।
•    पशु आहारा विकास गर्ने ।
•    पशु स्वास्थ्य संरक्षण गर्ने ।
•    पशु जन्यपदार्थको प्रशोधन तथा बजार ब्यबस्थापनको लागी सहयोग गर्ने ।