तनहूँ जिल्लाको संक्षिप्त परिचय
तनहूँ जिल्ला पश्चिमाञ्चलन बिकास क्षेत्रको गण्डकी अञ्चलमा पर्दछ । काठमाण्डौबाट ११० कि.मि. पश्चिम र पोखराबाट १९ कि.मि पूर्वमा अवस्थित यो जिल्ला मान चित्रमा ८३०७५" देखि ८४०३४" पूर्वी देशान्तर २७०३" देखि २८०५" उत्तरी अक्षांशसम्म फैलिएको छ । गण्डकी नदीको जलप्रवाह क्षेत्र संग आबद्ध यस जिल्लामा सीमा नदीको रुपमा पूर्व दिशामा मस्याङ्दी र त्रिशुली नदि, दक्षिणमा कालीगण्डकी बहन्छन भने जिल्लाको मध्य भागबाट मादी र सेती नदी प्रवाहित हुन्छ । यस जिल्लाको अधिकतम उचाई भएका पहाडहरुमा छिम्केश्वरी २३२५ मिटर, कोटथाम १६३० मिटर, राईपुरकोट १५४१ मिटर, मिर्लुङकोट १४८४ मिटर, चोक १४२९ मिटर उचाईमा छन् भने सबै भन्दा होचा बस्तीहरुमा देवघाट २०० मिटर, कोटा २१० मिटर र दमौली ३२० मिटर उचाईमा रहेको छ । यसरी तनहूँ जिल्लाको अधिकांश भू-भाग ३०० मिटर देखि १२०० मिटर बिचको उचाईमा भएकोले यो जिल्ला मध्य पहाडी जिल्लाको रुपमा अवस्थीत रहेको छ ।
जिल्ला पशु सेवा कार्यालयको परिचय
जिल्ला पशु सेवा कार्यालय कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशु सेवा विभागको मातहतमा रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो । यो कार्यालय सर्वप्रथम २०२२ सालमा बन्दिपुरमा स्थापना भएको हो । २०२५ सालमा सदरमुकाम दमौलीमा सरेपछि यो कार्यालय पनि व्यास नगरपालिकाको वडा नं.१० पराशरटोल स्थित दमौली बजारको पश्चिम भागमा स्थापना भई सो कार्यालयवाट पशु सेवा कार्यक्रम संचालन हुदै आएको छ । यस कार्यालय अन्तरगत हाल ६ वटा पशु सेवा केन्द्र र १२ वटा उपकेन्द्रहरु रहेका छन् ।
नेपालको कुल जनसंख्याको करिव ६६% जनता कृषि व्यवसायमा आधारित रहेको पाईन्छ । जसमा पशुपालन व्यवसाय एक अभित्र अंगको रुपमा रहि आएको छ । राष्ट्रिय कुल गाहर्स्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३६ प्रतिशत रहेको छ । कृषि ग्राहस्थ उत्पादनमा पशु पालनको योगदान ३२ प्रतिशत रहेको छ । २० बर्षे दिर्घकालिन कृषि नीति अनुसार पशु पालनको योगदान ४५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । अन्तरिम त्रिबर्षिय योजनाको लक्ष्य अनुरुप गरिवीको प्रतिशत आ.व. ०६३/६४ को ३१ प्रतिशतवाट योजनाको अन्तमा २४ प्रतिशतमा झार्न कृषि क्षेत्रवाट सहयोग पुर्यायउने अपेक्षा राखिएको छ ।
